कर्णाली चार ठाउँमा सडक अवरुद्ध

डिसी नेपाल
२५ असार २०८२ १५:२१
32
Shares

सुर्खेत । कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ। हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो।

कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट स्थित ६ असारदेखि पानीको वहाव बढी भइ सडक अवरुद्ध रहेको छ।

त्यस्तै, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ रिजिगारस्थित ६ असारदेखि पानीको वहाब बढी भएका कारणले अवरुद्ध र जाजरकोट छेडागाड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाीि राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *