किसानलाई सहज रुपमा मल उपलब्ध गराउन सरकारलाई निर्देशन
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्थानीय तहमार्फत किसानहरुलाई आवश्यक परेको मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
बैठकमा समिति सदस्यहरुले धान रोप्ने समयमा किसानहरुले सहज रुपमा मल नपाएको जनाएका थिए। त्यस्तै बैठकले अख्तियारलाई दिएको निर्देशन कार्यान्वयनका सम्बन्धमा जानकारी माग गर्ने निर्णय समेत भएको सभापति पोखरेलले बताए।
बैठकले समितिको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment