होपफुल हराइजन र प्रभु बैंकबीच विशेष छुट सम्झौता

डिसी नेपाल
३२ असार २०८२ १०:०५
16
Shares

काठमाडाैं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले ललितपुरको झम्सिखेल, पुल्चोकमा रहेको होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ्यसम्बन्धी सेवामा विशेष छुट पाउने भएका छन्।

यसका दुई पक्षीय समझदारी भएको प्रभु बैंकले जनाएको छ। समझदारी पत्रमा होपफुल हराइजन्को तर्पmबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्पmबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रालिमा पेस गर्नुपर्नेछ।

होपफुल हराइजन दक्ष एवं अनुभवी विशेषज्ञहरुको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो। यसले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *