नेप्से ७५.८४ अंकले बढयो, साढे १६ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसुचक ७५.८४ अंकले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ।
आज नेप्से परिसुचक २८७०.६३ अंकमा पुगेर रोकिएको हो। यस अघि गत आवको अन्तिम दिन नेप्से परिसुचक २७९४.७८ अंकमा पुगेर रोकिएको थियो।
यस दिन कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेकस ११.२२ अंकले बढेको छ। फ्लोट इण्डेक्स ५.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अंकले बढेको छ।
यस दिन ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर, स्र्टन हाइड्रोपावर र बाराहि हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, स्र्टन हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र बाराही हाइड्रोपावरको शेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन एनआईबीएल स्टेबल फण्डको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसैगरी, एनआइसी एशिया फिलीक्स क्यापिटल फण्डको शेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।







डिसी नेपाल







Facebook Comment