हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
४ साउन २०८२ ९:४४
80
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ३२ देखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।

एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ता सम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको हो ।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।

सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको हो । एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ ।v


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *