समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

डिसी नेपाल
४ साउन २०८२ ११:२३
28
Shares

काठमाडौं। समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन्। दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्।

मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ। मर्जपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ।

साथै, समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *