विप्लव समूहका तीन नेताले गरे आत्मसमर्पण

डिसी नेपाल
१८ भदौ २०७६ २१:०४

काठमाडौं। नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका तीनजना नेताले बुधबार आत्मसमर्पण गरेका छन्। सो समूहका तीनजनाले बुधबार धादिङ जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धादिङ साविक कल्लेरी गाविसवडा नं ८ हाल गल्छी गापावडा नं ३ बस्ने बालकृष्ण खतिवडाका छोरा गाल्छी गाउ कमिटी सेक्रेटर इश्वर खतिवडा, सोही गापाका गोपी कृष्ण खतिवडाको श्रीमती गाल्छी गाउ कमिटी सदस्य सनिता न्यौपाने र गल्छी गापावडा नं २ का तुल बहादुर भुजेलको छोरा गाल्छी गाउ कमिटी सदस्य राम बहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले बिप्लव समूहसंग भएको सबै सम्बन्ध टुटाई सामान्य जिवन यापन गर्ने प्रण गर्दै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *