४ देशीय कला प्रदर्शनी, सम्बन्ध विस्तार र सिक्ने अवसर

डिसी नेपाल
१९ भदौ २०७६ ११:३८

काठमाडौँ । काठमाडौँको नक्सालमा आयोजना गरिएको चार देशीय कला प्रदर्शनी सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को सहकार्यमा भएको ११ दिने प्रदर्शनीले सम्बन्ध विस्तारसँगै सिक्ने अवसर मिलेको कलाकारले बताएका छन्।

प्रतिष्ठानको कार्यालय नक्सालमा गरिएको उक्त कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको थियो । चार देशका अग्रज कलाकारका चित्र समावेश सो कला प्रदर्शनीबाट आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्नुका साथै विदेशी चित्रबाट नेपाली कलाकारले सिक्ने अवसर पाएको आयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले बताए।

हरेक दिन नेपाली चित्रकार दिराम पाल्पाली, एनबी गुरुङ, डिबी राई, नरबहादुर विके, विनोदकुमार गुप्ता, सुरेश स्याङ्तानलगायतले चित्र कोरेका थिए। सो प्रदर्शनीको एक हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेको आयोजक संस्थाले जनाएको छ। प्रदर्शनीमा नेपालका ४३, भारतका १५ तथा बङ्गलादेश र चीनका ११/११ कलाकारका चित्र समावेश गरिएको थियो।

कलाको माध्यमबाट ती देशहरुबीच सम्बन्ध बलियो बनाउन प्रदर्शनीको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *