काठमाडौंमा महिला र पुरुष मृत फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-२६ गोँगबु मित्रनगरस्थित होटल नुर एण्ड रेष्टुरेन्टको तेस्रो तलाको कोठा नम्बर ३०२ मा गत साउन १९ गतेदेखि बस्दै आएका कास्की माछापुच्छ्रे गाउँपालिका-३ घर भएका २३ वर्षीय विपिन भुजेल सोही कोठाको बाथरूममा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौंको तारकेश्वर नगरपालिका-४ ढुङ्गेधारा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ५० वर्षीया ठुलीमाया तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका-६ मुसेपानी बस्ने ३५ वर्षीय बिनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन्।
गुल्मीको चन्द्रकोट गाउँपालिका-८ रामपुरस्थित पोखरीमा सोही गाउँपालिका-८ रजाली टोल बस्ने गुल्मी दरबार गाउँपालिका-१ नेटा घर भएका ४५ वर्षीय तुल्सी बहादुर क्षेत्री मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment