स्थानीय स्रोतको सही सदुपयोग गर्न सके देश आत्मनिर्भर हुन्छ : प्रचण्ड
फाइल तस्विर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय स्रोतको सही रुपमा प्रयोग र परिचालन गर्न सके देश आत्मनिर्भर हुन धेरै समय नलाग्ने बताएका छन्।
शुक्रबार भक्तपुरको चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन कार्यक्रममा प्रचण्डले सिर्जनात्मक ढंगले स्थानीय स्रोत र साधनको सदुपयोग गर्न सके देश आत्मनिर्भर हुन धेरै समय नलाग्ने बताएका हुन्।
उनले स्थानीय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक रहेकोमा समेत जोड दिए। आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ।
प्रचण्डले स्थानीय स्तरबाटै आफ्नो वस्तुस्थिति बुझेर योजना बनाई भएका सम्भावनाहरूको अधिकतम सदुपयोग गरे मात्र देश आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्ने धारणा राखे।
सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढाउन सकिएमा देशमै रोजगार सृजना भई उत्पादकत्व वृद्धि हुने र विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिने उनले बताए।
कार्यक्रममा सिटी एभोकाडो सिटी अभियानका अभियान्ताहरुलाई सम्मान गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment