काठमाडौं उपत्यकामा २४ घण्टामा ७०१ सवारी चालक कारबाहीमा: मापसे गर्ने ७८ र तीव्र गतिका ११४ जना परे
काठमाडौं।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ७०१ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा सोमबार बिहानसम्म ती चालकहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ७८ जना र तीव्र गतिमा सवारी हाँक्ने ११४ जना रहेका छन्। त्यस्तै सिसीटिभी निगरानीमार्फत ३५ जना र रातो बत्तीको इसारा उल्लंघन गर्ने २९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसै गरी, निषेधित क्षेत्रमा हर्न बजाउने १४, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) ६, सवारी साधनको यान्त्रिक अवस्था ठिक नराख्ने २४ र एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने ११ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३९० जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकामा हुने सम्भावित सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्नका लागि चेकिङलाई थप कडा र व्यापक बनाइएको ट्राफिक प्रहरीको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment