कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री

डिसी नेपाल
१८ असोज २०८३ २१:२५

नुवाकोट। कोरियाली चिकित्सकको संस्था कोरियन मेडिकल एशोसिएसनले नुवाकोटका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ। एशोसिएसनको टोलीले विदुर नगरपालिका-१ का बाढी प्रभावित करिब २२० परिवारलाई जाडोमा प्रयोग हुने ब्ल्याङ्केट, लत्ताकपडालगायत सामग्री आज प्रभावित क्षेत्रमै पुगेर वितरण गरेको हो।

नजिकिँदो जाडोलाई लक्षित गरी प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउन पाएकामा आफूहरू खुसी भएको कोरियाली टोलीका नेता डा चोइ जेङ सेवले बताए। राहत वितरणसँगै चिकित्सकको टोलीले बाढीपछि प्रभावित क्षेत्रमा देखिएको स्वास्थ्य अवस्थाबारेसमेत जानकारी लिएको नेपाल-कोरिया मानवीय सहायता समन्वयकर्ता रुद्र शर्माले जानकारी दिए।

यसैगरी, नेपालका लागि कोरियाली अवैतनिक वाणिज्यदूत डा जिअनले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन टोली आएको र आगामी दिनमा पुनःस्थापनाका क्रममा आवश्यक संरचना निर्माणमासमेत सहयोग गरिने बताए। विदुर नगरपालिकासँग समन्वय गरी सम्बन्धित वडामार्फत करिब रु २० लाख बराबरको कोरियाली सहायता वितरण गरिएको स्थानीय नारायण प्याकुरेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *