भारतीय विदेश सचिव नेपाल आउँदै

डिसी नेपाल
३१ साउन २०८२ १५:५२
24
Shares

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा उनी आइतबार आउने भएका हुन्।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन्। उनी सोमबार काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.