जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषयः महासचिव पोखरेल

डिसी नेपाल
३१ साउन २०८२ १८:०७
16
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताएका छन्।

राष्ट्रिय सुरक्षा केन्द्र तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाडौंमा आयोजित ‘सांस्कृतिक कूटनीति ः नेपालको विश्व पहिचान प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सम्पदा क्षेत्रको विकासको लागि जनताको जीवनस्तर उठाउनु मुख्य चिज रहेको बताए।

उनले जीवनस्तर उठाउनको लागि नेपालमा सबैभदा प्रमुख पक्ष कृषिको रूपान्तरण भएकोे बताए। नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नु पर्ने उनको धारणा छ । उनले कुनै पनि क्षेत्रको विकासको लागि कस्तो रणनीति बनाएर अघि बढिन्छ भन्ने कुरा प्रमुख हुने बताए। त्यो ठाउँको बारेमा बुझेका त्यहीँका मानिसहरूको सक्रियताबाट मात्र विकास सम्भव हुने उनको धारणा छ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नु पर्ने उनको धारणा छ। धर्म र संस्कृतिका ज्ञाताहरूलाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने पोखरेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *