उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियो: दिपक बोहोरा

डिसी नेपाल
३१ साउन २०८२ २०:०८
1.3k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेता दिपक बोहोराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई सारिएको बताएका छन्।

शनिबार नख्खु कारागार परिषद्मा पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन्।

उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो। उपनिर्वाचनका कारण जस्तो देखिन्छ। किनकी जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ नेता बोहोराले थप भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौँ। मानव अधिकार आयोगले नै किन भन्नुपर्र्यो त?’

उनले रविलाई जुनसुकै कारागार राखेपनि सुरक्षित हुनुपर्ने बताए। ‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो। पछिल्ला कैलालीका कारागारहरुमा जुन घटनाहरु भईरहेका छन् त्यसले के देखाउछ? रवि दाई जहाँ भए नि सुरक्षित हुनुपर्र्यो त्यो उनीहरुको जिम्मेवारी हो,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.