घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो।
सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment