बढ्यो प्याजको मूल्य
काठमाडौं । नेपाली बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको मूल्य बढेको हो।
मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४२ देखि ४४ रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो दुई रूपैयाँ बढी भएको बताइएको छ।
सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४० देखि ४२ रूपैयाँमा कारोबार भएको थियो।
एक साताअघि भने कालिमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा प्याजको मूल्य घटबढ् भइरहेको हुन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment