ईसेवा मनि ट्रान्सफरले स्वस्तिमा खड्कालाई ब्राण्ड फेसको रूपमा पुनः नियुक्ति गर्यो
काठमाडौं। नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता जनाएको छ।
स्वस्तिमा खड्का ईसेवा मनि ट्रान्सफरसँग सुरुवातकालदेखि नै आवद्ध रही आएकी छन्।उनले नेपालभित्रका विभिन्न स्थानहरू देखि विदेशसम्म यात्रा गर्दै सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै औपचारिक रेमिट्यान्सको महत्वबारे निरन्तर जनचेतना फैलाउँदै आएकी छन्।
पुनः नियुक्तिप्रति आफ्नो खुशी व्यक्त गर्दै स्वस्तिमा खड्काले भनिन्, “मैले ईसेवा मनि ट्रान्सफरसँग सुरुवाती दिनदेखि नै सहकार्य गर्दै आएकी छु। यस यात्राले मलाई नेपालका धेरै स्थान र विदेशसम्म पुग्ने अवसर दिएको छ। त्यहाँ मैले नेपालीहरूको पीडा र खुसी दुवैलाई नजिकबाट महसुस गर्न पाएँ ।यो यात्रालाई निरन्तरता दिन पाउनु मेरो लागि निकै उत्साहजनक कुरा हो।”
ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अजेश कोईरालाले स्वस्तिमा खड्कालाई पुनः ब्राण्ड फेसको रूपमा स्वागत गर्दै भने, “स्वस्तिमा खड्कासँग पुनः सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं। उहाँ सुरु देखि नै ‘मेरो डिजिटल देश’ अभियानको अभिन्नहिस्सा रहनु भएको छ। यस पुनः साझेदारीले हामीलाई अझ धेरै नेपालीहरू माझ पुग्न र सुरक्षित, भरपर्दो तथा डिजिटल माध्यमबाट रेमिट्यान्स सेवा प्रवाह गर्न थप सहयोग गर्नेछ। स्वस्तिमाजस्तो लोकप्रिय र जनप्रिय व्यक्तित्वले हाम्रो सन्देशलाई अझ प्रभावकारी ढङ्गले आम नेपाली माझ पुर्याउनेमा हामी विश्वस्त छौं।”
यस पुनः नियुक्तिसँगै, ईसेवा मनि ट्रान्सफर र स्वस्तिमा खड्काले सुरक्षित र औपचारिक रेमिट्यान्स सेवामार्फत वित्तीय समावेशिता र पहुँच विस्तार गर्ने आफ्नो साझा लक्ष्यलाई अझ सुदृढ बनाउनेछन्।
ईसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रमार्फत देशभर रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यो संस्था एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो। एफवान सफ्टले २ करोडभन्दा बढी व्यक्तिहरू र १ लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ।







डिसी नेपाल







Facebook Comment