मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडौं। मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा रिक्त गण्डकी प्रदेशको प्रदेश सभा सदस्य पदको लागि निर्वाचनको मिति तोक्ने निर्णय भएको आयोगले जनाएको छ।
सर्वोच्च अदालतको फैसलाबाट विक्रम संवत २०७९ मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित हुनुभएका दिपक मनाङगेका नामले समेत चिनिने राजीव गुरुङको सदस्यता खारेज भएको थियो।
आयोगले रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा पनि प्रतिनिधि सभा सदस्यका लागि कात्तिक १७ गते निर्वाचन हुने गरी यस अघि नै मिति तोकिसकेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment