विधेयकमार्फत नीजि विद्यालयको माग सम्बोधन हुनुपर्छ : सांसद थापा

डिसी नेपाल
१४ भदौ २०८२ १२:२६
32
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नीजि क्षेत्रको लगानी पनि राज्यकै लगानी भएको बताएका छन्।

शनिबार विनायक शिक्षा निकेतन इंङ्गलिस सेकेण्डरी स्कुलको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नीजि क्षेत्रबिना शिक्षा, स्वास्थ्य, उद्योग या कुनैपनि व्यवसायमा सम्भव नहुने पनि बताए।

उनले राज्यले मात्र सबै कुरा गर्न नसकेको परिस्थितिमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको भन्दै नीजिलाई राज्यले प्रोत्साहित गर्नुपर्ने औंल्याए।

सांसद थापाले जुन देशमा नीजि क्षेत्रहरु सफल भएका छन् ती राष्ट्रहरु विकासित भएको भन्दै सरकारले शिक्षा विधेयकमा नीजि विद्यालयहरुको मागलाई सम्बोधन गर्न आग्रह गरे।

‘वास्तवमा शिक्षा स्वास्थ्य र रोजगारी सरकारले नै र्सिजना गर्नुपर्ने थियो। निशुल्क शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारी राज्य वा सरकारले गर्नुपनेए हो। तर राज्यको ध्यान पुगेको छैन्। पहुँच भन्दा बाहिरपनि नीजि विद्यालयहरु सन्चालन भइरहेका छन् र नीजि विद्यालयहरुका लागि विद्यालय शिक्षा ऐनले नीजि विद्यालयलाई वेवास्था गरिरहेको अवस्था छ,’ उनले अगाडि भने, ‘आन्दोलनमा रहेका नीजि विद्यालयहरु राज्यकै लगानी भएकाले राज्यको आँखाबाट हेर्नुपर्छ।’

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *