रोजगारी सिर्जना र प्रवर्द्धन प्राथमिकतामा छ : मन्त्री दाहाल

डिसी नेपाल
१४ भदौ २०८२ १३:०७
32
Shares

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना र प्रवद्र्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित विद्युतीय परिवहन प्रालीको विशेष साधारणसभालाई सम्बोधन गर्दै उनले रोजगारी प्रवद्र्धनका लागि विभिन्न तालिम, प्रशिक्षण तथा सीप हस्तान्तरणका कार्यक्रम सन्चालन गरि रहेको पनि बताए।

वातावरणमैत्री र स्वच्छ उर्जाको उपयोग गरि थप रोजगारी सृजनातर्फ लाग्नुपर्ने उनले उल्लेख गरे। स्वदेशमै उत्पादित विद्युतको उपयोग प्रवद्र्धन गरि नेपाली मुद्रा बिदेश जानबाट रोक्न सकिनेतर्फ ध्यान दिने बेला आएको पनि मन्त्री दाहालले बताए।

विद्युतीय परिवहनको माध्यमबाट नेपाली महिला तथा युवाहरु स्वरोजगार समेत भइरहेकाले यस क्षेत्रलाई आवश्यक नियम बनाइ थप ब्यवस्थित पारिने समेत उनले उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.