व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा नेता राणाको जोड
पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन्। साथै उनले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले ‘डिजिटल मिडिया’मार्फत समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिए।
‘पत्रकारितामा धेरै सम्भावना र चुनौती छन् । मूलधारका मिडिया पक्षपाती भइरहेका अवस्थामा स्वरोजगारमूलक मिडियाले परिपूरण गर्नुपर्ने अवस्था छ‘, उनले भने।
त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य उर्मिला लामा ,न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले व्यावसायिक पत्रकारितामा जोड दिएका थिए।







डिसी नेपाल







Facebook Comment