चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै

डिसी नेपाल
१४ भदौ २०८२ १५:१२
260
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन्।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थ्येनचिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ।

ओलीले सेप्टेम्बर १ मा शाङ्हाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.