बामपन्थी नेता लामाको आज अन्येष्टि
काठमाडौं। फोक्सोको उपचारका क्रममा भारतको चेन्नाइमा निधन भएका बामपन्थी नेता मणिक लामाको आज अन्त्येष्टि गरिने भएको छ।
उनको आज ११ बजे बौद्ध परम्परा अनुसार अन्त्येष्टि गर्न लागिएको लामाकी छोरी एवं एमाले सांसद नविना लामा जानकारी दिएकी छिन्।
स्वयम्भू स्थित बुद्ध धर्म सेवा संघको परिसरमा लामाको अन्त्येष्टि गरिन लागिएको हो। उनले २०३५ सालमा बामपन्थी नेता श्याम श्रेष्ठबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।
राजनीतिसंगसंगै सामाजिक रूपमा पनि सक्रिय लामाले पञ्चायत विरूद्ध राजनीतिक अभियानमा अग्रणी भूमिका खेलेका कारण तत्कालीन राज्यसत्ताले उनलाई पटकपटक जेल सजायदिएको थियो। लामाले राजद्रोहको मुद्दामा तीन वर्ष जेल सजाय समेत विताएका थिए। ६५ वर्षीय लामाका एक श्रीमती , तीन छोरी र एक छोरा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment