पूर्वराष्ट्रपतिको सदस्यताबारे विधान अधिवेशनमा समेत फरक मत राख्ने उपाध्यक्ष पाण्डको चेतावनी

डिसी नेपाल
१६ भदौ २०८२ १५:१९
40
Shares

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विद्या भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुर्‍याइने दावी गरेका छन्।

सेन्टर फर पब्लिक पोलिसि रिसर्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपतिको सदस्यताबारे विधान अधिवेशनमा समेत फरक मत राख्ने भन्दै सदस्यताका बारेमा पार्टीले गरेको निर्णय सच्चाउने अवस्थामा पुर्‍याइने दावी गरेका हुन्।

उनले भने, ‘अन्य पार्टीबाट आएकाहरूका लागि उमेर हद हटाएका थियौँ । कार्यकालको विषय पनि कसैको क्षमता छ भने दुई कार्यकालभित्र सबै कुरा गरिसक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने हुँदैन । यसबारे पार्टीभित्र बहस भइरहेको छ । बहुमतले भन्छ भने हामी मान्छौँ हाम्रो निर्वाचन पद्धतिमा बहुमतको निर्णय हुन्छ । तर, बहुमतले सधैँ सही निर्णय नगर्न सक्छ । आज गरेन भने पनि भोलि गर्न सक्छ ।’

अल्पमतमा परेको कुरा सबै रिजेक्ट हुन्छ भन्ने कुरा नरहेको उनको भनाइ थियो ।

उनले कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगरेको जिकिर गरे। कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने उनको भनाइ छ।

पार्टीभित्रको फरक मत र फरक बहसलाई अनेक रुपमा व्यख्या गरिन थालिएको उल्लेख गर्दै पाण्डेले पार्टीको स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याएर छाड्ने जिकिर गरे।

त्यस्तै उपाध्यक्ष पाण्डेले उमेरहद र कार्यकालका बिषयमा समेत विधान महाविधेशनमा विस्तृत छलफल हुने जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *