नेपाल ईभी प्रवर्द्धन गर्ने अग्रणी देशहरूमध्ये एक : अर्थसचिव

डिसी नेपाल
२२ भदौ २०८२ २२:४३
16
Shares

काठमाडौं। नेपाल सरकारका अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रवद्र्धनमा विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन्।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा आयोजित ‘केन्द्रबिन्दु ईभी बज (पोलिसी डिस्कोर्स २०८२)’ कार्यक्रममा बोल्दै सचिव उपाध्यायले ईभी क्षेत्रलाई थप सुदृढ बनाउन नीति, प्रक्रिया, निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।

उनले भने, ‘पछिल्लो समय विश्वकै परिदृश्यमा नेपाल ईभी प्रमोशन गर्ने सिंगल डिजिटको कन्ट्रीमा आइसकेको अवस्थामा पनि केही पोलिसीमा गर्नुपर्ने रिफर्महरू, केही प्रोसेसमा गर्नुपर्ने रिफर्महरू, केही प्राइभेट सेक्टरको इनिसिएटिभहरू हुनुपर्ने र केही पब्लिक सेक्टर र पिपुल सेक्टरमा पनि धारणा क्लियर गराउनुपर्ने थप जागरुकता सिर्जना गर्न आवश्यक छ।’

उनले ईभी क्षेत्रको प्रमुख समस्याको रूपमा रहेको पूर्वाधार विकासका लागि सार्वजनिकनिजी सहकार्य (पब्लिकप्राइभेट पार्टनरसिप) अनिवार्य भएको बताए।

कार्यक्रममा उनले नीति निर्माणमा आवश्यक सुधारसहित सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘पोलिसी बनाउनुपर्ने समेत आवश्यकता देखिन्छ। यो सेक्टरको प्रमुख समस्याको रुपमा रहेको जुन पूर्वाधार विकास छ यो पूर्वाधार विकास डेभलपमेन्ट गर्न पब्लिक र प्राईभेट सेक्टरले पार्टनरसिप गर्नुपर्ने अवस्था छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *