दराज नेपालद्वारा ९.९ दशैं धमाका-“बडा दशैं, बडा तयारी” अभियानको घोषणा

डिसी नेपाल
२३ भदौ २०८२ १०:४७
16
Shares

काठमाडौं। समस्त नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका – “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा गरेको छ।

यस वर्षको दशैँ धमाका र दराजको वार्षिकोत्सव संग सँगै परेको छ । यस कारण पनि दराज नेपालले यो बर्षको ९.९ दशैँ धमाका, “बडा दशैं, बडा तयारी”का माध्यमबाट उपभोक्ताहरूको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ ।

भदौ २४ देखि असोज ७ , २०८३ (सेप्टेम्बर ९ – २३, २०२५) सम्म चल्ने यो सेलमार्फत उपभोक्ताहरूले ७५% सम्मको छुट, नि:शुल्क डेलिभरी र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

यस वर्षको दशैँलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री गु्रप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउस मार्फत ७०% सम्म छुट उपलब्ध गराउने छ ।

गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६०% सम्म छुट उपलब्ध हुनेछन् भने सिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४०% सम्म छुट उपलब्ध गराइने ब्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डहरूमा ५०% भन्दा बढी छुट उपलब्ध गराइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *