शेयरबजार असोज २ गतेसम्मका लागि बन्द
काठमाडौं। राजनीतिक अस्थिरताको कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको धितोपत्र दोस्रो बजार असोज २ गते बिहीबारसम्म बन्द रहने भएको छ। नेप्सेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी एक सातासम्म शेयर कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।
नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ।’
हाल देशमा देखिएको राजनीतिक अनिश्चितताका बीच लगानीकर्ताको सुरक्षालाई मध्यनजर गर्दै बजार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ। यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो।
यस निर्णयसँगै आगामी बिहीबारसम्म नेप्सेमा कुनै पनि कारोबार हुने छैन। त्यसपछि बजारको अवस्था मूल्यांकन गरी आगामी निर्णय गरिने नेप्सेले जनाएको छ।







डिसी नेपाल







Facebook Comment