यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

डिसी नेपाल
३१ भदौ २०८२ ८:०२
28
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३४, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो ३५, आलु रातो प्रतिकिलो ४८, आलु रातो (भारतीय) प्रतिकिलो ३७, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज सुकेको भारतीय प्रतिकिलो ३६, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ३५, रातो मूला प्रतिकेजी ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो १०, भन्टा डल्लो प्रतिकिलो १५, तने बोडी प्रतिकिलो ७०, मकै बोडी प्रतिकिलो ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो ७०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ३०, परबर (लोकल) प्रतिकिलो ५०, परबर (तराई) प्रतिकिलो ५०, चिचिण्डो प्रतिकिलो २०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ५५ कायम गरिएको छ।

त्यसैगरी, पिँडालु प्रतिकिलो ६५, स्कूस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो ८०, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो २८०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो ३५०, पार्सले प्रतिकिलो ९००, सौफको साग प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ८००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) प्रतिकिलो २५०, केरा (दर्जन) १२५, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ५०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ९० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० निर्धारण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *