मार्तडी–कोल्टी सडकखण्डको दर्दनाक अवस्था, नेतृत्व फेरियो तर बाजुरा फेरिएन्

डिसी नेपाल
५ असोज २०८२ ८:१७
20
Shares

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध भएको उक्त सडक खण्ड असोजको पहिलो सातासम्म पनि खुलेको छैन् ।

नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभदिपावली नजिकिदै गर्दा अहिले घर आउँने मानिसको संख्यामा बृद्धि हुँदै गएको छ । तर सडकखण्ड अबरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता रहेको छ । अवरुद्ध बनेको सडकखण्ड खुल्न नसक्दा अहिले सडकखण्डमा यात्रा गर्ने यात्रुहरुले निकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको बडीमालिमा नगरपालिका ७ का स्थानीय हरिचन्द्र उपाध्यायले बताए ।

अहिले दशै तिहारमा घर आउँनेको भिडलागेको छ, तर सडकखण्ड अबरुद्ध हुँदा उनीहरुलाई यात्रा गर्न निकै कठिनाई हुने गरेको उनले बताए । सडकखण्ड अबरुद्ध भएको ४ महिना पुगि सक्दा पनि सञ्चालनमा नआउँदा माथिल्लो क्षेत्रमा नागरिकले समस्या झेल्नु परेको उपाध्यायको भनाइ छ।

मार्तडी–कोल्टी सडकखण्डबाटमाथिल्लो क्षेत्रका ४ वटा स्थानीय तह, हिमाली, स्वामि कार्तिक, जगन्नाथ र बुढिनन्दा त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट गरि करिब १७बढि जिल्लाका नागरिक आउजाउ गर्ने गर्छन्।सडकखण्ड अहिलेसम्म सञ्चालनमा नआउँदा यहाँका नागरिकलाई आवत जावतमा समस्या भएको हो ।
काम, तथा पढाईको शिलशिलामा देशका ठुलाशहरबाट यतिवेला दशै तिहार मनाउँन घर आउँने नागरिकहरु बढिरहेका छन्।

तर सडकखण्डको अबस्थामा निकै दर्दनाक छ। मार्तडी देखि कोल्टीसम्म पुग्न पनि ६ गाडीबदल्नु पर्ने अबस्थामा रहेको जगन्नाथ गाउँपालिका हुनीका स्थानीय सुरेन्द्र बिष्टले बताए ।

सडक खुल्न नसक्दा स्याउ कृषकलाई पनि स्याउ ढुवानीमा समस्या हुँदै आएको छ । सडक नखुल्दा जिल्ला बाहिर निर्यात गर्न नसकिएको कृषकहरूको गुनासो छ। वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमापहिरो जाँदा अवरुद्ध बनेको सडक मर्मत कार्य नहुँदाकिसानहरू बारीमै स्याउ कुहिने चिन्तामा छन्।

यो वर्ष स्याउ राम्रो उत्पादनभएको भएपनि सडक बन्द हुँदा कुनै वर्ष जस्तै यस पटक पनि बारीमै कुहिने हुन् कि भन्ने चिन्ता थपिएको पाण्डुसैनकी स्याउ कृषक विउरा बोहराले बताईन्। सडकअबरुद्ध हुँदा पिठ्युँमा बोकेर बजारसम्म लिनु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

यता प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलका अनुसार दशैं तिहार अगावै सडक सञ्चालन गर्ने भनिए पनि सञ्चालनमा ल्याउन नसकिएको बताए । सडक खण्डको बिचबिचमा ठुला पहिरो गएकोले तत्काल पहिरो हटाउन नसक्दा सडक सूचारू गर्न नसकिएको उनको भनाइ छ । प्रशासनको तर्फबाट सडक सञ्चालनको लागी समन्वय,सहकार्य तथा पहल भईरहेको उनले बताए ।

ठेकेदारको चरम लापरबाहीका कारणमार्तडी–कोल्टी सडकखण्ड समयमै कालोपत्रे हुन नसक्दा बर्षेनी अबरुद्ध हुने गरेको छ । जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडी देखि खार चुथीसम्म ९ किलोमिटर त्यस्तै खारदेखि ढम्कनेसम्म ६ किलोमिटर सडकखण्डमा अलि काम भएता पनि अन्यठाउँमा सडकखण्डको कार्य अस्तव्यस्त छ। अहिले सडक खण्डको जिल्ली, रजातोली लगायत ठाउँमा ठुला पहिरो छन् भने बाउली,रजातेली,दानासाघु खोलामा पुलबन्न सकेका छैनन्।

बाजुराको समस्याहरुलाई सिंहदरबारसम्म पुर्याउने मान्छेको कमीले गर्दा बाजुरा सधैं पिछडिएको,गरिबी,भोकमरी अशिक्षाकै जिल्लाको रुपमा रहिरहेको छ । बाजुराका दुर–दराजकाआवाज कसैले सुनेनन्, न सडक राम्रो बन्यो, नत शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारमा अगाडी बढ्यो। सडकखण्ड मात्रै नभई हरेक पुर्वाधार विकासमा बाजुरा अझैं पछाडी रहेको छ । हरेक समय नयाँ नेतृत्व फेरियो तर बाजुरा बासीका दुख,पीडा कहिल्यै फेरिएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.