३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु

डिसी नेपाल
१२ असोज २०८२ १०:४६
20
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ।

प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो। यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले भएको हो।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ। प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजना २४ महिनाभित्र उत्पादनमा आउनुपर्ने प्रावधान छ।

प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्दै २२० केभी, १३२ केभी र ३३ केभी प्रसारणलाइन नजिकका आयोजना बाट विद्युत खरिद गर्नेछ। सोलार परियोजनामा लगानी लागत पनि घट्दै गएको छ। केही वर्षअघि प्रतिमेगावाट २० करोड पर्ने लागत अहिले प्रविधि सस्तो भएको कारण औसत ५ करोड रुपैयाँमा झरेको छ। ऊर्जा सुरक्षाका लागि प्राधिकरणले सोलारमा ध्यान दिँदै विद्युत व्यवस्थापनलाई सहज बनाउन थालेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *