विराटनगरमा १२ जनामा भेटियो डेङ्गु सङ्क्रमण

डिसी नेपाल
२४ भदौ २०७६ १६:०८

विराटनगर। विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ।

सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक ९कोशी० अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताए। ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन्।

डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ। डेङ्गु रोगको सङक्रमणविरुद्ध जनचेतना जगाउँदै डेङ्गुको सङक्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ।

डेङ्गु ज्वरोको नियन्त्रणका लागि घरको सरसफाइ, घरवरिपरि पानी जम्न नदिने, खाल्डो पुरेर राख्ने, पानी जथाभावी जमाएर नराख्ने, बोतल वा फूलदानीमा पानी नराख्ने, घर अगाडि बाटोमा भएका टायर र ड्रमहरुमा पानी जम्न नदिने र आफूले थाहा पाएको सरसफाइसम्बन्धी जानकारी छिमेकीलाई दिएमा यसको नियन्त्रणमा सहयोग पुग्ने सुझाव डा ज्ञावलीको छ।
अस्पतालमा आजसम्म डेङ्गु पहिचान गर्ने किटको भने अभाव नरहेको उनले जानकारी दिए। डेङ्गु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर पूरा छोपिने, कपडा लगाएर हिँड्ने, सुत्केरी, बच्चा र सबैले झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन्।

उच्च ज्वरो आउनु, शरीरका जोर्नीहरु दुख्नु, आँखाका गेडीहरु दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको भन्ने बुझनुपर्ने र यस्ता खाल्को लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *