हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा

डिसी नेपाल
२६ असोज २०८२ ८:२२
24
Shares

हेटौंडा । हेटौंडामा अत्याधुनिक प्रविधियुक्त पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा पुगेको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सँगको सहकार्यमा निर्माण गरिरहेको यो प्रयोगशाला सञ्चालनमा आउन अब धेरै समय लाग्ने छैन।

आवश्यक उपकरण जडान कार्य सम्पन्न भइसकेको छ भने परीक्षणमा प्रयोग हुने रसायन किट ल्याउने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। यस प्रयोगशालाको निर्माण उद्देश्य पानीको गुणस्तरलाई वैज्ञानिक, मापदण्डअनुसार र विश्वसनीयढंगले परीक्षण गर्न सकिने बनाउनु हो।

हालसम्म सामान्य उपकरणमार्फत पानी परीक्षण हुँदै आएकोमा अब भने अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएकाले परीक्षणको नतिजाअझै बढी सटीक र भरपर्दो हुने विश्वास लिइएको छ।

बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार, प्रयोगशालाका लागि ३१ लाख रुपैयाँको टेन्डर आह्वान गरिएको थियो। त्यसअनुसार काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति र जडानको जिम्मा पाएको थियो। कम्पनीले सम्झौता भएको ४ महिनाभित्र सबै उपकरण जडान गरिसकेको छ।

प्रयोगशालाबाट सुरुवाती चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ र त्यसको कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ परीक्षणमध्ये १४ वटा परीक्षण गरिनेछन्। ती परीक्षणमा भौतिक, रासायनिकतथा सूक्ष्म जैविक परीक्षणहरू समावेश हुनेछन्। बाँकी परीक्षणका लागि चाहिने थप रसायन तथा विशेषज्ञ प्राविधिकको व्यवस्थासँगै प्रयोगशालाको सेवाक्रमिक रूपमाविस्तार गरिने बोर्डका प्रशासन प्रमुख माधव चौलागाईंले जानकारी दिए।

उनकाअनुसार, ‘२०७५ सालदेखि बोर्डले सामान्य उपकरण प्रयोग गरी परीक्षण गरिरहेको थियो। अहिलेको यो आधुनिक प्रयोगशालाले गुणस्तरीय, मापदण्ड अनुसार र विश्वसनीय परीक्षणको सुविधा उपलब्ध गराउनेछ। यसले नजिकका जिल्ला समेत सेवा पाउने छन्।’
प्रयोगशालाको सञ्चालनले मकवानपुर मात्र नभई बागमती र मधेस प्रदेशका अन्य जिल्लाबाट ल्याइने पानीका नमूनाहरूको समेत परीक्षण गर्न सकिनेछ।

यसले उपभोक्तालाई आफ्नो खानेपानीको गुणस्तरबारे जानकारी प्राप्त गर्न थप सहज बनाउनेछ। साथै, उपभोक्ताको स्वास्थ्य सुरक्षाका दृष्टिले पनि प्रयोगशालाको यो योगदान महत्वपूर्ण मानिएको छ।

प्रयोगशालाबाट हेटौंडा–२ स्थितबोर्डको कार्यालयबाटै सेवा सुरु गरिनेछ। उपभोक्ताले आफ्नै स्रोतको पानी परीक्षण गराउननमूनाल्याउन सक्नेछन्, जसको विस्तृत रिपोर्ट केही दिनमै उपलब्ध हुने व्यवस्था मिलाइनेछ।

यस अत्याधुनिक प्रयोगशालाको सञ्चालनपछि हेटौंडा खानेपानी व्यवस्थापनबोर्ड पानीको गुणस्तरमा अझै बढी विश्वास र पारदर्शिताकायम गर्ने दिशातर्फ अग्रसर भएको देखिन्छ। स्थानीयतहमै यस्तो सुविधा स्थापना हुनु उपभोक्ताको हितमा महत्वपूर्ण उपलब्धि मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.