प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामवहादुर रावल नियुक्त भएका छन्।
नेपालखबरका सम्पादक रावललाई प्रधानमन्त्री कार्कीले प्रेस संयोजकमा नियुक्त गरेकी हुन्।
कानुन क्षेत्रको रिपोर्टिङमा दक्ष पत्रकारका रूपमा परिचित रावलले उनले यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक र ग्यालेक्सी टेलिभिजनमा नेतृत्व तहमा रहेर काम गरिसकेका छन्।
यसअघि प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका पत्रकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द तिमल्सिना नियुक्त भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment