आइजीपी बर्खास्तीप्रति हर्क साम्पाङको प्रश्न: ‘बिचौलियाले काम गर्यो कि गरेन?’
काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले आइजीपीको अचानक गरिएको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पारेको छ भन्दै चिन्ता व्यक्त गरेका छन्।
साम्पाङले लेखेका छन्, “आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन??”
सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर डा. मनोज केसीलाई नयाँ आइजीपी नियुक्त गरेपछि राजनीतिक तथा सामाजिक वृत्तमा यसको तीव्र आलोचना र समर्थनका मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment