एनपीएल : आज लुम्बिनी र जनकपुर तथा काठमाडौं र विराटनगरबीच रोमाञ्चक भिडन्त
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू हुँदैछन्।
पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमने-सामने हुनेछन्।
दिउँसो हुने पहिलो खेलमा अपराजित लुम्बिनी लायन्स चौथो जितको खोजीमा मैदान उत्रनेछ। लुम्बिनीले हालसम्म तीन खेल खेल्दा दुई जित र एक खेलमा अङ्क बाँड्दै पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ।
अर्कातर्फ, जनकपुर बोल्ट्सले चार खेल खेलिसक्दा दुई जित र दुई हारको नतििकासहित चार अंक जोडेको छ र तालिकाको चौथो स्थानमा रहेको छ। समान चार अंक भए पनि रनरेटका आधारमा कर्णाली र विराटनगर अगाडि रहेका छन्। ते
स्रो जितको खोजीमा रहेको जनकपुर आज आफ्नो पाँचौं खेल खेल्दैछ। एनपीएलको इतिहासमा यी दुवै टोलीबीच यसअघि भएका भेटहरूमा हेड टु हेड नतिजा १-१ को बराबरीको स्थितिमा रहेकाले आजको खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
यसैगरी, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्नेछन्। जारी प्रतियोगितामा दुई खेल खेल्दै एक जित र एक हार निकालेको काठमाडौँ दुई अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ र आजको खेल जित्नैपर्ने दबाबमा छ।
उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स चार खेलमा दुई जितसहित चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। विराटनगर आज आफ्नो पाँचौँ खेलमा तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। एनपीएलमा यसअघि भएको हेड टु हेड भेटमा विराटनगरले काठमाडौँलाई पराजित गरेको इतिहास रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment