तोलामै दुई हजारले घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१० कार्तिक २०८२ १०:५३
2.3k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ। चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो। आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *