नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

डिसी नेपाल
१४ कार्तिक २०८२ ८:१६
24
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबारबाट प्रारम्भ भएको बैठकमा पार्टीका केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी छ ।

हिजो बसेको बैठकमा १५ जनाले आआफ्नो धारणा राखेका थिए । हिजोको बैठकमा केन्द्रीय सदस्यहरू— मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के।सी।, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि।क।, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू— इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *