एमालेका नवमनोनीत ३३ केन्द्रीय सदस्यद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौं । नेकपा एमालेका नवमनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक विशेष कार्यक्रमका बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
गत असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै नयाँ सदस्यहरू मनोनीत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मनोनीत भएका नेताहरूलाई औपचारिक रूपमा जिम्मेवारी सम्हाल्न शपथ गराइएको हो।
शपथ लिने नवमनोनीत केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे र डा. शिवमाया तुम्बहाम्फे हुनुहुन्छ।त्यसैगरी जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत, विनोद पाण्डे, डा. प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, श्रीप्रसाद शर्मा, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, प्रदीप यादव, डा. अब्दुल हुसेन अन्सारी, डिबी कार्की, भवानी खापुङ, बबि चाम्लिङ, विनोद पहाडी, रामप्रित राम र ध्रुव विष्टले पनि शपथ ग्रहण गरेका छन्।
शपथग्रहण कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, पदाधिकारीहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। नयाँ सदस्यहरूको आगमनले पार्टीको केन्द्रीय कमिटीलाई थप पूर्णता दिनुका साथै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने एमालेले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment