मलेसियाको रोजगारसम्बन्धि नयाँ मापदण्डबारे प्रधानमन्त्री कार्कीले गरिन् छलफल

डिसी नेपाल
१४ कार्तिक २०८२ १४:४५
48
Shares

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले आज श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग सिंहदरबारमा छलफल गरेकी छन्।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्करलगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो।

‘मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र हो। यही नै अन्तिम होइन्। तसर्थ द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्नेछ,’ सहभागीहरूले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *