कांग्रेसका दुवै महामन्त्रीले बहिष्कार गरे केन्द्रीय समिति बैठक

डिसी नेपाल
१४ कार्तिक २०८२ १७:००
300
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।

महाधिवेशनका विषयमा आन्तरिक विवाद भएपछि छलफलका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गरिएको हो। शुक्रबार नै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग महाधिवेशनका विषयमा छलफल गरेका थिए।

तर, महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने विषयमा सहमति नभएपछि बैठक स्थगित भएको हो। केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय गरिएकोमा महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन कार्यतालिकाबीना बैठकमा नजाने बताएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित गरिएको छ।

उता बैठकका लागि केन्द्रीय सदस्यहरू भने हलमा प्रतीक्षारत थिए। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कार्यवाहक सभापतिको प्रस्तावमा बैठक स्थगित गरिएको जानकारी दिए।

छलफल गरेर समझदारी गर्ने प्रयासका लागि आन्तरिक छलफल जारी रहने उनले बताए। प्रवक्ता महतले बिहीबारको बैठकमा महामन्त्री अनुपस्थीत भएकाले सवैको सहभागीतामा निष्कर्ष निकाल्ने प्रयास गरिने उल्लेख गरे।

महाधिवशेनको विषयलाई विवादको विषयभन्दा पनि क्रियाशिल सदस्यहरूको सहभागीताका साथ सम्पन्न गर्ने चाहना रहेको उनको भनाइ छ।

उनले महाधिवेशनका बिषयमा आएका बिभिन्न दृष्टिकोणलाई एकैठाँउमा ल्याउने प्रयास भइरहेको जिकिर गरे। कांग्रेसभित्र विशेष महाधिवेशन वा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे विवाद छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *