मा‌ओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

डिसी नेपाल
१४ कार्तिक २०८२ २०:२०
116
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ।

यही कात्तिक १२ देखि बसेको बैठकले एकता गर्नका लागि नेता व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाउने जिम्मेवारी सचिवालय बैठकलाई दिने निर्णय गरेको हो।

पार्टीमा चार सय १९ जनाको केन्द्रीय कमिटी बैठकमा बहुमत नेताहरूले एकताको पक्षमा धारणा राखेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशेष घिमिरे, अकिल हुसेन खान, हरि पराजुलीलगायतका नेताले पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *