कांग्रेसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र नियमित महाधिवेशन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गरेका छन्। उनले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीसँग छलफल गरेका हुन्।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी रहेको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषय उठ्दै आएको छ। गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकसमेत बस्दै आएको छ।







डिसी नेपाल







Facebook Comment