उपत्यकाभित्र एकैदिन १२ सय भन्दा बढी सवारी साधन कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकै दिन १२ सय भन्दा बढी सवारी साधन ट्राफिकको कारवाहीमा परेका छन्। बुधबार मात्र बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १२५५ सवारी कारवाहीमा परेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
प्रहरीका अनुसार बुधबार मापसे गरेर सवारी चलाएका ६२ जना कारवाहीमा परेका छन्। यस्तै लेन अनुशासन पालना नगर्ने १०७ सवारी कारवाहीमा परेका छन्। यसैगरी बढी भाडा लिने १४ तथा जेब्राक्रसिङमा सवारी साधन रोक्ने ४७ जना कारवाहीमा परेका छन्।
हिजोमात्रै १२ ट्रक तथा टिपर कारवाहीमा परेका छन्। सडक तथा फुटपाथमा पार्किङ गर्ने ७९ तथा जथाभावी हर्न बजाउने ४५ सवारीलाई पनि कारवाही गरिएको छ। यस्तै ७६ सवारी साधनमा ह्वील लक तथा चेन लक लगाइएको छ भने सीसीटीभीको माध्यमबाट पनि ७६ सवारी कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। अन्य नियम उल्लंघन गर्ने ७३७ गरी जम्मा १२५५ सवारी कारवाहीमा परेका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment