जेन-जी आन्दोलनका घाइते र युवाहरुको माइतीघरमा धर्ना

डिसी नेपाल
५ मंसिर २०८२ १३:०४
32
Shares

काठमाडाैं। जेन-जी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। जेन-जी आन्दोलनका घाइतेहरुको जायज मागलाई पूरा गर्न र सम्पूर्ण जेन-जीहरुलाई एकतावद्ध गर्नुपर्ने भन्दै उनीहरुले शुक्रबार माइतिघरमा धर्ना दिएका हुन्।

धर्नामा सहभागीहरुले भ्रष्टाचारीलाई कारवाही गर, नेपाल आमालाई न्याय दे, जेनजीको म्याण्डेड पुरा गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेकपा एमालेको प्रदर्शन हुने समयमा नै जेन-जी आन्दोलनका घाइते तथा युवाहरु धर्नामा बसेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। धर्नामा सहभागी युवाहरुले जेनजीहरुलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताएका थिए।

जेनजीले राखेका मागहरु पूरा नभएसम्म आफुहरु सडकमा रहने उनीहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *