अध्यक्ष ओलीले २७ वर्षको हुँदैमा जेनजीका नाममा देशमा उपद्रो मच्चाउन नपाइने बताए । ‘हामी अस्तिका दिन मात्र हेर्यौं, युवा भेलामाथि विभिन्न प्रकारका अवरोधहरु खडा गर्ने, नेताहरूलाई जान नदिने आक्रमणकारी कामहरू भए, बिथोल्ने कामहरु भयोर आतंक फिँजाउने कामहरू भयो । त्यो काम अहिलेसम्म जारी छ। अस्ति हामीमाथि ढुंगा हान्न आए, एमालेमाथि ढुङ्गा हान्न, एयरपोर्टमा ढुङ्गा हान्न र एयरपोर्टका गेट भत्काउन आए । हिजो प्रहरीमाथि ढुङ्गा हान्न गए,’ ओलीले भने।
एमाले महाधिवेशन भाँड्ने सोच नबनाउन ओलीको चेतावनी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिएका छन्।
शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै ओलीले पार्टीको महाधिवेशन भाड्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो सोच नबाउन चेतावनी दिएका हुन्।
मंसिर २७–२९ मा काठमाडौंमा एमालेको ११औं महाधिवेशन भव्य हुने बताएका छन्। अब २२ दिनमा एमालेको महाधिवेशन हुने र त्यो महाधिवेशन अत्यन्त भव्यताका साथ सम्पन्न हुने उनले दाबी गरे।
‘म देख्दैछु, सुन्दैछु, त्यसलाई भाँड्न विभिन्न प्रकारका प्रयास भइरहेका छन्,‘ उनले भने। एमालेको महाधिवेशनबारे टाउको नदुखाउन उनको आग्रह छ।
‘चेतावनी भन्ने शब्द चर्को हुन्छ भने म सबैलाई भन्न चाहन्छु, त्यसप्रकारका सोच नै नबनाउनुस्। एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस्। एमाले आफ्नो ठाउँमा बसेर गर्छ,‘ उनले भने।
जनताले एमालेको महाधिवेशनलाई ऐतिहासिक रूपमा स्थापित गर्ने ओलीले बताए। उनले महाधिवेशनलाई एकताबद्ध बनाएर लैजान चाहेको बताए।







डिसी नेपाल






