राष्ट्रिय स्वयंसेवक फोर्सले सङ्कट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली

डिसी नेपाल
५ मंसिर २०८२ १६:२०
16
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताएका छन्।

सो सङ्गठनको केन्द्रीय कमाण्डको घोषणा गर्न आज बबरमहलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताउनुभयो । यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पुर्‍याउने उल्लेख गर्दै उनले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए।

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहर्‍याए। कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय स्वयंसेवक फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिएको थियो।




प्रतिक्रिया

One thought on “राष्ट्रिय स्वयंसेवक फोर्सले सङ्कट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली

  1. Bippatti saghauchha ki vagauchha bistarai thaha hunchha, Mashu, Bhat ra Petrol badunjel, tespachhi ekkai chhoti sakinchhas lootera haru thukka

Leave a Reply

Your email address will not be published. Required fields are marked *