किसान सूचीकरण गर्दै माडी नगरपालिका
चितवन । माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ। पहिलो पटक पालिकामा किसान सूचीकरण गर्न लागिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार अहिले किसान सूचीकरणका लागि गणक नियुक्तिको प्रक्रिया सुरु गरिएको छ।
गणक नियुक्तिसँगै सूचीकरणको काम सुरु गरिने उनले जानकारी दिइन्। यसका लागि किसान सूचीकरण सहजकर्ता १० जना नियुक्ति गरेर काम गर्न लागिएको हो। उनीहरूले तीन महिनासम्म सबै किसानको घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन्।
यस पालिकामा १० हजार बढी घरधुरी छन्। तीमध्ये सात हजार बढी घरधुरी किसान रहेका अनुमान नगरपालिकाले गरेको छ। प्रशासकीय अधिकृत भुसालले भनिन्, “वास्तविक किसानको सङ्ख्या कति छ र कुन किसानको जमिन कति छ भन्ने तथ्याङ्क सङ्कलनका लागि काम गर्न लागेका छौँ।” उनले यो सूचीकरणले कृषकको वास्तविकता, अवस्था कस्तो छ भन्ने विस्तृत अध्ययन गरिने छ।
सूचीकरण गरी सकेपछि सेवा प्रवाह गर्न र योजना बनाउनमा सहयोग पुग्ने उनले बताइन्। उनले किसान लक्षित योजना र उनीहरुको आवश्यकता पूरा गर्नका लागि सूचीकरणले टेवा पुग्ने छ। किसानका लागि आवश्यक पर्ने मल, बीउ वितरणदेखि सबै किसिमका काममा सहयोग पुग्ने उनले बताइन्। रासस







डिसी नेपाल








Facebook Comment