चिनियाँ नीतिलाई गहन रुपमा बुझेर नेपालले धेरै सिक्नुपर्छ: देवराज घिमिरे

डिसी नेपाल
५ मंसिर २०८२ १९:४३
8
Shares

काठमाडौं। विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चीनबाट साना मुलुकले वैज्ञानिक ढङगबाट जनताका विचार, मत र जनताको प्रतिनिधित्व गर्ने प्रक्रियाहरु सिक्नुपर्ने बताएका छन्।

शुक्रबार पत्रकार चेतनाथ आर्चायद्वारा लिखित ‘चिनियाँ दृष्टिकोण’ नामक पुस्तक लोकार्पण कार्यक्रम कार्यक्रममा बोल्दै उनले ‘शान्ति, सहअस्वित कायम राख्नका लागि साना ठूला राष्ट्रहरुको स्वतन्त्रताको लागि, जनताको सार्वभौम सत्ताको लागि र गरिबी अन्त्य गर्दै समानतामा आधारित मानव जातिको उन्नतिका लागि चीनले लिएको नीतिहरु सहि छन् कि गलत भन्ने कुरामा बहस हुनुपर्छ। चिनियाँ दृष्टिकोणको बारेमा बहस गरेर मुलुकले सिक्नुपर्ने कुराहरु थुप्रै छन्,’ उनले भने।

घिमिरेले अगाडि भने,‘चीनमा लोकतन्त्र छैन। आवधिक निर्वाचन हुँदैन। सत्ता परिवर्तन वा सरकार परिवर्तन हुँदैन। चिनिया कम्युनिष्ट पार्टीको नेतृत्वमा निरङकुशता लाद्ने काम गरिन्छ र त्यसको विरुद्ध बोल्नेलाई दमन गरिन्छ भन्ने व्यापक प्रचार छ। तर चिनिया लोकतन्त्र कस्तो छ र त्यसले कस्तो माध्यमबाट कसरी ८० प्रतिशत भन्दा बढी जनमत लिएर निर्णय गर्छ भने वैज्ञानिक ढङगबाट बुझ्नसक्नुपर्छ।’ उनले चीनले जनताका विचार, मतहरु र जनताको प्रतिनिधित्व गर्ने सिस्टमको विकास गरेको पनि बताए।

चीनका लागि राजदूत भइसकेका नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणी पौडेलले चीनको बीआरआइ परियोजनाबारे नेपाली समाजमा निम्सरो बुझाइ रहेको औंल्याए। उनले बीआरआइलाई कुनै विकासको मुल फुटाउने योजना नभइ विकासका लागि अवसर हो कि चुनौति हो भन्नेमा नेपालीहरु स्पष्ट हुनुपर्ने बताए।

‘बीआरआइ प्रोजेक्टबारे दर्जनौं देशले फाइदा लिएको कुरा भन्दा पनि फेल भएका विषयहरु चर्चामा आउँदा गलत भाष्य निर्माण भएको छ,’ उनले भने,‘लेखक आचार्यले लेख्नुभएको पुस्तकमा यस्ता कुरामा बुझाउन सक्नुपर्ने थियो। साथै पुस्तकले नेपाल र चीन सम्बन्धका बारेमा स्पष्ट रुपमा बोलेको छ।’

त्यस्तै विश्लेषक डा. युवराज संग्रौलाले पुस्तकका बारेमा चर्चा गर्दै सुचनात्मक र विश्लेषणात्मक रहेको बताए। उनले नेपाल र चीनबीचको वीआरआई लगानीबारे पुस्तकले स्पष्ट उल्लेख रहेको औंल्याउँदै नेपाल–चीन सम्बन्धबारे बुझ्न पुस्तक उपयोगी भएको बताए। चीनसँग १६ सय पुरानो लगानीको सम्बन्ध रहेको उल्लेख गर्दै डा.संग्रौलाले मुलुकले आर्थिक विकास नगरे चीन र भारतले नेपालमा फुटबल खेल्नसक्ने बताए।

‘चिनियाँ दृष्टिकोण’ पुस्तकका लेखक अर्थात चिनिया रेडियो इन्टरनेशनल नेपाली शाखाका विदेश मामिला विज्ञ आचार्यले कुनैपनि मुलुकले चिनियाँ दृष्टिकोण बुझ्न एक पटक पुस्तक पढ्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.