एमाले महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ: महासचिव पोखरेल

डिसी नेपाल
५ मंसिर २०८२ २१:३३
92
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताएका छन्।

नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उनी ललितपुरको गोदावारीमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने बताए।

‘हामीले भर्खरै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौँ । त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्’, उनले भने, ‘ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेनजी आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ। त्यसलै अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ।’

एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा तोकिएको छ । महासचिव पोखरेलले उनले बलियो राजनीतिक शक्तिको निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र हुने धारणा राखे।

संविधान र कानुनअनुसारको राज्य निर्माणको बाटोमा एमाले प्रतिबद्ध रहेको उनले बताए। उनले अहिलेको असामान्य परिस्थितिमा विशेष सांगठनिक योजनाका साथ पार्टी अगाडि बढ्न खोजेको उल्लेख गरे। भेलामा परिषद्का अध्यक्ष बलिभद्र रानाले महाधिवेशनमा उद्योग व्यवसायीका विषयलाई गम्भीरताका साथ उठाउनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *